क्रियापुत्री घरमा आगलागी हुँदा एक घर जलेर नष्ट


प्रकाशित मिति : फाल्गुन २४, २०७४ बिहीबार

फागुन २४, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–७, ऐश्वर्यचोकमा आज बिहान आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।

स्थानीय दिवाकर भट्टराईको घरमा आगलागी भएको हो । आगलागीका कारण झण्डै रु आठ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ ।

बेलुकी करिब ११ बजे खाना खाएर सुतेको र बिहान ३ बजे अचानक आगलागी भएको आगलागी पीडित उदय भट्टराईले बताए ।

आगलागीले मानवीय क्षति भने नभएको बताइएको छ । आगलागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा बिहान ४ः३० बजे नियन्त्रणमा आएको थियो । आगलागी पीडित भट्टराई आफ्नो बुबाको क्रियापुत्री बसेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com