युएइमा नयाँ कानून, दुईवटी बिहे गर्नेलाई आवास भत्ता


प्रकाशित मिति : फाल्गुन २३, २०७४ बुधबार

संयुक्त अरब इमिरेट अर्थात् युएइमा एक अनौठो कानून लागू भएको छ । जस अन्तर्गत दुईवटा पत्नी बिहे गर्ने पुरुषलाई सरकारले विभिन्न खाले सुविधाहरु प्रदान गर्नेछ । दुई श्रीमती हुने पुरुषले सरकारबाट अतिरिक्त घरभाडा भत्ता पाउनेछन् ।

अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यो स्किम जारी गरेको हो । युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यस्तो घोषणा गरे । उनका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता दिइनेछ ।

वास्तवमा यो दोश्री पत्नीलाई प्रदान गरिने भत्ता हुनेछ । एकपत्नी वाला परिवारले पहिले पाइराखेको आवास भत्ताको अतिरिक्त रकम हुनेछ त्यो ।

मन्त्रीका अनुसार आवास भत्ताका कारण पुरुषहरु दोश्रो बिहेका लागि प्रोत्साहित हुनेछन् र देशमा अविवाहित महिलाको संख्या घट्नेछ । अनि विवाहित पुरुषसँग बिहे गरेर दोश्री बनेर जाने महिलाले पनि पहिलो श्रीमतीले झैँ आवास र अन्य सुविधा प्राप्त गर्नेछिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com