राष्ट्रिय सभामा मनोनित ३ जना सदस्यलाई सपथको बाटो खुल्यो(पूर्णविवर‌णसहित)


प्रकाशित मिति : फाल्गुन २३, २०७४ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको सदस्यहरू युवराज खतिवडा, रामनारायण विडारी र विमला  राई पौड्याललाई सपथ खुवाउने गरी सर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ।

यसअघि देउवा नेतृत्वको सरकारले सिफारिस गरेका तीन जना (चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेल) ले आफूहरूको नाम स्वीकृत नभएको भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए।

फागुन १३ गते यो मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश प्रकाश राउतको एकल इजलासले मनोनित ३ जनालाई तत्काल सपथ नखुवाउन अन्तरिम आदेश दिएको थियो।

बुधबार न्यायाधीशद्वय केदार प्रसाद चालिसे र शारदा घिमिरेको संयुक्त इजलासको उक्त आदेशलाई खारेज गरेको हो।

Source : Setopati

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com