जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले सानोतिनो कुरामा बन्द, हड्ताल, अनशनले समस्याको समाधान नहुने बताएका छन्।
महाराजगन्ज स्थित टिचिङ हस्पिटलमा पास आउट डाक्टरहरुको बिदाइ कार्यक्रममा मन्त्री पण्डितले भने, ‘समस्याको समाधान बसर गर्नुपर्छ। तालाबन्दी र बन्द हड्तालले समस्याको समाधान हुँदैन। झगडा मिल्छ रगडा मिल्दैन’ पण्डितले भने।
मन्त्री पण्डितले पास आउट भएर जाँदै गरेका डाक्टरलाई देश र जनताका लागि काम गर्न आग्रह गरे। उनले काठमाडौं मात्रै नेपाल नभएको भन्दै देशका दुर्गम क्षेत्रमा गएर देश र जनताको सेवा गर्न आग्रह गरे। उनले भने, ‘काठमाडौं मात्रै नेपाल होइन।
जाजरकोट, बाजुरा, कञ्चनपुर, सिरहा, सप्तरी, मोरङ, झापा यी सबै नेपाल हुन्। तपाईंहरुले काम गर्दा यस्ता क्षेत्रका जनताले सेवा पाउने हिसाबले गर्नुस्।’ मन्त्री पण्डितले लेख्न, पढ्न गए पनि फर्केर देशको सेवा गर्न आग्रह गरे। उनले भने,’तपाईहरु पढ्न, लेख्न विदेश जानुस् तर पढेर फर्केर आउनुस’, मन्त्री पण्डितले भने, ‘विदेश भाग्नेहरुप्रति मेरो मायामोह छैन।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
विदेश पढ्न, घुम्न जानुस तर काम यता आएर गर्नुस।’ कार्यक्रममा डाक्टर भगवान् कोइरालाले स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि लालबाबु पण्डित जस्तो इमानदार मन्त्रीको आवश्यकता रहेको बताएका थिए।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।