मन्त्री लालबाबुले डाक्टर केसीलाई भने- अनशनले समस्याको समाधान हुँदैन


प्रकाशित मिति : फाल्गुन २३, २०७४ बुधबार

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले सानोतिनो कुरामा बन्द, हड्ताल, अनशनले समस्याको समाधान नहुने बताएका छन्।

महाराजगन्ज स्थित टिचिङ हस्पिटलमा पास आउट डाक्टरहरुको बिदाइ कार्यक्रममा मन्त्री पण्डितले भने, ‘समस्याको समाधान बसर गर्नुपर्छ। तालाबन्दी र बन्द हड्तालले समस्याको समाधान हुँदैन। झगडा मिल्छ रगडा मिल्दैन’ पण्डितले भने।

मन्त्री पण्डितले पास आउट भएर जाँदै गरेका डाक्टरलाई देश र जनताका लागि काम गर्न आग्रह गरे। उनले काठमाडौं मात्रै नेपाल नभएको भन्दै देशका दुर्गम क्षेत्रमा गएर देश र जनताको सेवा गर्न आग्रह गरे। उनले भने, ‘काठमाडौं मात्रै नेपाल होइन।

जाजरकोट, बाजुरा, कञ्चनपुर, सिरहा, सप्तरी, मोरङ, झापा यी सबै नेपाल हुन्। तपाईंहरुले काम गर्दा यस्ता क्षेत्रका जनताले सेवा पाउने हिसाबले गर्नुस्।’ मन्त्री पण्डितले लेख्न, पढ्न गए पनि फर्केर देशको सेवा गर्न आग्रह गरे। उनले भने,’तपाईहरु पढ्न, लेख्न विदेश जानुस् तर पढेर फर्केर आउनुस’, मन्त्री पण्डितले भने, ‘विदेश भाग्नेहरुप्रति मेरो मायामोह छैन।

विदेश पढ्न, घुम्न जानुस तर काम यता आएर गर्नुस।’ कार्यक्रममा डाक्टर भगवान् कोइरालाले स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि लालबाबु पण्डित जस्तो इमानदार मन्त्रीको आवश्यकता रहेको बताएका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com