प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट दायर


प्रकाशित मिति : फाल्गुन २३, २०७४ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा बुधबार रिट दायर भएको छ । संसद्को सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध रिट परेको हो। सपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गरेका हुन्।

सो रिटबारे सुनुवाइ गर्न पेशी भने शुक्रबारका लागि तोकिएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

एमालेका अध्यक्ष समेत रहेका ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले त्यही दिन प्रधानमन्त्रीको लागि दाबी गरेका थिए र सपथ पनि लिएका थिए। प्रधानमन्त्री बनेपछि मात्रै उनी दलको नेतामा चयन भएका थिए।

सांसदको रुपमा भने ओलीसहित सम्पूर्ण सांसदहरुले फागुन २० मा सपथ लिएका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com