करेन्ट लागेर एकको मृत्यु


प्रकाशित मिति : फाल्गुन २३, २०७४ बुधबार

फागुन २३, महोत्तरी । जिल्लाको जलेश्वर नगरपालिका–४, सुगा गाउँमा मंगलबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–४ सुगा बस्ने ६० वर्षीय सुरेश मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मंगलबार साँझ आफ्नै गाउँ भएर जाने जलेश्वर–मटिहानी सडकखण्डको छेउमै रहेको पसलअगाडि धुलो उडिरहेको भन्दै पसलको पछाडि रहेको बिजुलीको मोटरबाट पानी छर्किन बिजुलीमा मोटर जडान गर्न गएका मिश्रको सोही मोटरमा बिजुलीको प्रवाह भई उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

मृतक मिश्रको शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

स्रोत -रासस

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com