युवाले विदेशमा सम्मानको जिन्दगी बाँच्न पाएनन् : प्रचण्ड


प्रकाशित मिति : फाल्गुन २२, २०७४ मंगलबार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्रै रोजगारी सिर्जना गरेर विदेशमा भएका युवालाई फर्काउने बताउनु भएको छ । त्यसका लागि अहिलेको स्थितीको अन्त्य गरेर उद्योगधन्दा स्थापना गर्ने, विकास निर्माण र पर्यटन क्षेत्रको विकासका लागि आवश्यक व्यवस्था गर्ने उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारको ध्यान विकास र समृद्धि तथा सुशासन र स्थायित्वमा केन्द्रित हुने बताउनुभयो । ‘विकासको नयाँ युग ल्याएर विदेशमा रहेका युवालाई फर्काउने र विदेश जाने युवालाई रोक्न सकिन्छ,’ उहाँले भन्नुभयो । अहिलेको युगमा मानिसले सुविधा र रोजगारी सजिलै पाइने ठाउँ रोज्ने भएकाले युवालाई जर्बजस्ती विदेश जानबाट रोक्न नसकिने पनि उहाँले बताउनुभयो ।

रेमिट्यान्सले देश चलेको भएपनि रेमिट्यान्स पठाउने युवाले सम्मानको जिन्दगी बाँच्न नपाएको प्रचण्डको भनाई छ । दिनदिनै शव आउने क्रम बढेको र कतिपय शव विभिन्न कानूनी झञ्झटका कारण ल्याउन सकिएको उहाँको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com