सवारी दुर्घनामा एक जना साइकल यात्रुकोे मृत्यु


प्रकाशित मिति : फाल्गुन २२, २०७४ मंगलबार

फागुन २२, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएपछि स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार मध्यविन्दु नगरपालिका ३ इटौरा निवासी ५८ वर्षीय लक्ष्मण कार्कीलाई आज बिहान पौने ६ बजेतिर कावासोती १६ डण्डामा सवारी साधनले ठक्कर दिएको हो ।

उनको घटना स्थलमै मृत्यु भएको र ठक्कर दिने सवारी साधन पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

स्थानीयले ठक्कर दिने सवारी साधन पहिचान गर्नु पर्ने र उचित क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने माग गर्दै सडक अवरुद्ध पारेका हुन् ।

केही स्थानीय अगुवा र प्रहरी प्रशासनबीच भएको छलफल पछि दिउँसो २ बजेसम्म ठक्कर दिने सवारी साधन पहिचान गर्ने सहमति पछि सडक खुलाउने प्रयास भएको भए पनि मृतकका आफन्त र स्थानीय बासिन्दाले नमानेपछि अवरुद्ध सडक खुल्न सकेको छैन ।

सडक अवरुद्ध हुँदा सयौं सवारी साधनहरु बाटोमै अलपत्र परेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com