स्वेताले चित्त दुखाउदै लेखिन् यति लामो स्टाटस


प्रकाशित मिति : फाल्गुन २२, २०७४ मंगलबार

उनले लेखेको स्टाटस जस्ताको तेस्तै-

हिजो मेरो सिउँदोको सिन्दुर पुछिदाँ म प्रती सहानुभुतिका अनेकन शब्दहरु प्रकट गर्ने मेरै फिल्म नगरीका धेरै सहकर्मीहरुको वास्तविक अनुहार ‘कान्छी’ फिल्म पर्दामा उत्रने बित्तिकै उनिहरुको वास्तिविक अनुहार पनि छर्लङ्गै भएको छ । दर्शकहरुबाट कान्छीले तेश्रो सातामा पनि उकालो चडिरहँदा मैले हिजोका दिनमा मप्रती सहानुभुतिका शब्द ब्यक्त गर्नेहरुको मलिन अनुहारलाई म यतिखेर पढिरहेकी छु ।

आँशु बेचेर फिल्मको प्रमोशन गरेको भनेर मलाई आरोप लगाउनेहरुप्रती दर्शकदिर्घाको आपार माया र साथले नराम्रै झट्का दिईरहेको महसुश गरेकी छु । मैले यो फिल्म दर्शकदिर्घाको माया पाउन बनाएकी थिएँ, जुन मैले प्राप्त गरें ।

मलाई अझ पनि प्रश्न गरिन्छ ” कान्छिले कती कमायो ?” भनेर । म यो प्रश्नकर्ताहरुलाई कान्छी हेर्ने दर्शकदिर्घा समक्ष यही प्रश्न तेर्स्याउन अनुरोध गर्न चाहन्छु र दर्शक दिर्घाको प्रतिकृयालाई जस्तोको त्यस्तै सम्प्रेशण गरिदिनुहुन समेत अनुरोध गर्न चाहन्छु । मैले कान्छीबाट के पाएँ , के कमाएँ र कती कमाएँ यस्को बिवरण दिईराख्नु पर्छ भन्ने मलाई लाग्दैन , किनकी सिनेजगत आफै बोल्छ अनी अहिलेको फिल्मी माहौल आफैले यस्को जवाफ दिईरहेकी छ । एकाध ब्यक्तिले कान्छी असफल भएको प्रचारप्रसार गर्ने प्रयास गरेको पनि यसै अवधिमा देखियो ।

कुनै पनि फिल्मको सफलता र असफलताको निर्णय गर्ने जिम्मा दर्शकको हो । हामिले त मात्र फिल्म बनाउने हो र दर्शकको पोल्टोमा सुम्पिने हो , त्यसपछिको निर्णय भनेको भगवान सरह दर्शकले गर्ने गर्दछन । अत: कान्छीले तेश्रो सातासम्म आईपुग्दा दर्शकदिर्घाबाट पाएको माया र साथ नै मेरो लागी सबै भन्दा ठुलो सफलता हो । अझ कान्छी प्रती को क्रेज उस्तै छ । देशमा मात्र होईन विदेशम पनि नेपाली जमातले कान्छीलाई हेर्न निक्कै उत्सुक भई रहेको अनगिन्ती प्रतिकृया प्राप्त गरिरहेकी छु । म मेरा दर्शक हरुप्रती आजको दिनसम्मको यो साथ, सुझाव र अपार मायाको लागी हार्दिक धन्यवाद दिन चाहन्छु । जस्ले कान्छी हेर्न छुटाउनु भएको छ, उहाँहरुलाई नजिक को हलमा गएर हेरी दिन अनुरोध समेत गर्न चाहन्छु । तपाइहरु हुनुहुन्छ र त हामी छौ । तपाईहरु बिना त हामी रित्तो र अपुरो । जय कान्छी ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com