चिनियाँ पर्यटक रसुवागढी नाका हुँदै नेपाल भित्रिनेको संख्यामा वृद्धि


प्रकाशित मिति : फाल्गुन २१, २०७४ सोमबार

फागुन २१, रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै नेपाल भित्रने चिनियाँ तथा विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ ।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै एक वर्षमा करिब १८ हजार पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०१७ मा १७ हजार ६२० चिनियाँ र ८२ जना अरु देशका नागरिक नेपाल भित्रिएको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ ।

सो नाकाबाट सबैभन्दा धेरै चिनियाँ पर्यटक भित्रिने गरेका छन् भने दोस्रोमा स्वीडेन, तेस्रोमा अमेरिकाका नागरिक भित्रिएका छन् ।

चीन सरकारले केही महिनाअघि अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो मुलुकका नागरिक पनि यो नाका हुँदै नेपाल आउनेक्रम बढेको छ ।

रसुवागढी नाका हुँदै तेस्रो मुलुकबाट आउने पर्यटकमा स्वीडेनका २३, अमेरिकाका १८, डेनमार्कका १७, अष्ट्रेलियाका ८, स्वीट्जरल्यान्डका ६, जर्मनीका ५ र अरु मुलुकका ६ जना नागरिक रहेको तथ्यांक छ ।

चिनियाँ पर्यटकले ग्रेटिस ९शुल्क नलाग्ने० भिसा पाउँदै आएका छन् ।

रसुवागढीस्थित अध्यागमन कार्यालयले चिनियाँ पर्यटकलाई सुरुमा एक महिनाको आगमन भिसा दिँदै आएको रसुवागढी अध्यागमन कार्यालय प्रमुख मनोजकुमार पोखरेलले बताए ।

नेपाल आउने चिनियाँ पर्यटक काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् ।

रसुवागढी नाका हुँदै दैनिक २० देखि १०० जनासम्म चिनियाँ पर्यटक नेपाल भित्रने गरेको कार्यालयको तथ्यांक छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com