टीकापुरमा हत्या गरी फरार अभियुक्त काठमाडौंमा पक्राउ


प्रकाशित मिति : फाल्गुन २१, २०७४ सोमबार

फागुन २१, काठमाडौं । होली खेल्ने क्रममा कैलालीको टीकापुरका कर्ण थापाको हत्या गरी फरार भएका अभियुक्तहरु काठमाडौंमा समातिएका छन्।

इप्रका टीकापुर र महानगरीय प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले टीकापुर नगरपालिका–९ का सन्दीप रावल र टीकापुर–६ का सागर पाण्डेलाई सोमबार दिउँसो काठमाडौंमा पक्राउ गरेको हो। थापा हत्याको विरोधमा केही दिनयता टीकापुर अशान्त छ। हत्यारालाई पक्राउ गरी सार्वजनिक गर्न माग गर्दै स्थानीयले बन्दसमेत आयोजना गरेका थिए।
फरार रहेका अभियुक्तलाई काठमाडौंमा पक्राउ गरिएको कैलालीका एसपी बिनोद घिमिरेले बताए।
फागुन १७ गते होली मैदानमा होली खेल्ने क्रममा विवाद हुँदा टीकापुर–२, सीतापुरका २१ वर्षीय थापालाई छुरा प्रहार गरी हत्या गरिएको थियो।

हत्यामा संलग्नहरु पक्राउ परेसँगै तीन दिनदेखि बन्द रहेको टीकापुर सामान्य बन्दै गएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com