पूर्व प्रधानमन्त्री झलनाथ खनाल र प्रधानमन्त्री केपी ओलि भक्कानीए
प्रकाशित मिति : फाल्गुन २१, २०७४ सोमबार
प्रधानमन्त्री एवं झापा आन्दोलनका अगुवा केपी शर्मा ओली सोमबार झापामा शहादत प्राप्त गर्ने शहिदहरुलाइ सम्झने क्रममा भक्कानिएकाछन् । राजधानीमा शहिदहरुको सम्झनामा भएको कार्यक्रममा उनि भावुक भएका थिए ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालको पनि अनुहार मलिन थियो । उनिहरुले झापा आन्दोलनलाइ सम्झिए । दुबै जना भावुक बन्दै आँखाबाट आँशु नै झारेका थिए ।
सुखानीका सहिदहरुको बलिदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि सहिदहरुले देखाएको बाटोबाट आफू कहिल्यै विचलित नहुने प्रतिवद्धता जनाउनुभयो । पञ्चायती शासकले हत्या गरेका सुखानी ५ जना सहित दुर्गानन्द झा, भिमदत्त पन्त लगायतलाई सहिद घोषणा गर्न विगतका सरकारले कञ्जुस्यांई गरेको ओलीले बताउनुभयो । ‘दुईबर्ष अघि म प्रधानमन्त्री भएको बेला मात्र उहाँहरुलाई राज्यको तर्फबाट सहिद घोषणा गरियो’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकार सबै नागरिकलाई अधिकार,अवशर,सुरक्षा र सम्मानको प्रत्याभूत गर्न तयार रहेको पनि बताउनु भयो । ‘सहिदहरुले सामाजिक सद्ध्भाव, राष्ट्रिय एकता, शान्ती र समृिद्वका लागि नै बलिदान गरेका थिए’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सहिदहरुको त्यो भावनाको हामी उच्च कदर गरेर काम गर्छौं ।’
वामगठबन्धनको बहुमतको सरकार देखेर केही मानिस आत्तिएको बताउदै प्रधानमन्त्री ओलीले यसलाई विभिन्न वहानामा कमजोर पार्ने कोशिश असफल हुने बताउनु भयो । प्रधानमन्त्री ओलीले नेकपा (एमाले) पहिलो पार्टी, कम्यूनिष्ट पार्टीको सरकार, कम्यूनिष्ट पार्टीको प्रदेश र स्थानीय सरकार भन्ने बानी बसाउनु पर्ने बताउनु भयो ।
कम्युनिष्टहरुलाई फुटाएर फेरी आफ्नो राज स्थापना गर्न सकिन्छ कि भनेर कसैले सोच्नु सपनामा चकलेट खाए जस्तो मात्र हुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सपना चकलेट खाएको देख्यो ,व्यूझिंदा मुख गुलियो हुदैन’ कम्यूनिष्टलाई फुटाएर आफ्नो शासन चलाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यसको हविगत सपनाको चकलेट जस्तै हुन्छ ।
तत्कालिन शासकले पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलन गरेको आरोपमा पक्राउ गरेका पाँच झापाली योद्धाहरु रामनाथ दाहाल,नेत्र घिमिरे,विरेन राजवंशी,कृष्ण कुंइकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सिमानाम पर्ने सुखानीको जंगलमा लगेर गोली हानी हत्या गरेका थिए ।