लुम्बिनीमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि


प्रकाशित मिति : फाल्गुन २१, २०७४ सोमबार

फागुन २१, रुपन्देही । अंग्रजी नयाँ वर्ष लागेपछि रुपन्देहीको बेलहिया नाका भएर झण्डै १३ हजार पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन कार्यालय बेलहियाका अनुसार स्थलमार्ग बेलहिया भएर १२ हजार ९ सय ९६ पर्यटक नेपाल भित्रिएका हुन । यो संख्या अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष यही अवधिमा १० हजार २ सय ७६ पर्यटक नेपाल भित्रिएका थिए । नेपाल आउनेमा सबैभन्दा बढी थाइल्याण्डका पर्यटक रहेका छन् । भारत बाहेक १ सय २६ देशबाट आएका पर्यटकको मुख्य गन्तव्य गौतमबुद्धको जन्मस्थल लुम्बिनी रहेको छ ।

स्थलमार्ग हुँदै नेपाल भित्रने सबैभन्दा ठुलो नाका बेलहिया नाका हो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com