अस्ट्रेलियाको राजदूतावासले जग्गा किन्यो
प्रकाशित मिति : फाल्गुन २१, २०७४ सोमबार
अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको नेपाली राजदूतावासले आफ्नो भवन निमार्णका लागि जग्गा खरिद प्रकृया पुरा गरेको छ।
अस्ट्रेलियन सरकारको भूमी सम्बन्धी प्राधिकरण र नेपाली राजदूतावास बिच जग्गा खरिदसम्वन्धि सम्झौतामा हस्ताक्षर भएको छ।
राजधानी क्यानेबरास्थित बिदेशी नियोगहरुलाई छुट्टाइएको जग्गामध्येबाट ओम्यालीस्थीत करिब ६ हजार वर्गमिटरको जमिन नेपाल सरकारले खरिद गरेको हो।
निकै महँगो भाडा तिर्दै आएको दूतावासले अब आफ्नै भवन निर्माण प्रकृया अगाडि बढाउने समेत भएको अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले बताइन्।
लामो समयदेखि अड्किरहेको जग्गा खरिद प्रकृया पुरा भएपछि अहिले आएर यो कदम सम्भव भएको हो।
Source : Setopati