Follow @khasokhasmag

अस्पतालको झ्यालबाट हाम्फालेर बिरामीले गरे आत्माहत्या


प्रकाशित मिति : फाल्गुन २१, २०७४ सोमबार

भरतपुर अस्पतालको झ्यालबाट हाम्फालेर एक बिरामीले आत्मा हत्या गरेका छन् ।

पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाले अस्पतालको झ्यालबाटै हामफालेर आत्मा हत्या गरेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

उनी यही फागुन १९ गते अल्कोहलका कारण प्याङक्रियाज सुनिएर उपचारका लागि भरतपुर अस्पतालमा भर्ना भएका थिए । भरतपुर अस्पतालको मेडिकल वार्डमा उपचाररत सुब्बाले आइतबार साँझ करिब ५ः३० बजे अस्पतालको झ्यालबाट हाम्फालेर आत्मा हत्या गरेको प्रहरीले जनाएको छ ।

उहाँका अनुसार सुब्बाले अस्पतालको शौचालयको झ्यालबाट हाम्फालेका थिए । गम्भीर अवस्थामा भेटिएका उनको सोही अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर युवानिधि बस्यौलाका अनुसार उनको आकस्मिक कक्षमा उपचारकै क्रममा ज्यान गएको र शवलाई अस्पतालमै राखिएको छ ।

–रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com