फोरमले गर्यो स्वास्थ्य मन्त्रालयमा दाबी


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

फागुन २०, काठमाडौं । नयाँ सरकारमा सहभागी हुन सकारात्मक रहेको संघीय समाजवादी फोरमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित तीन मन्त्रालयको दाबी गरेको छ।

केपी ओली नेतृत्वको सरकारले परराष्ट्रसहित दुई मन्त्रालय र एक राज्यमन्त्री लिन फोरमलाई आग्रह गरेको छ। तर, फोरमले उपप्रधानसहित तीन मन्त्रालयमा दाबी गरेको छ।

सरकारले परराष्ट्रसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लिन फोरमलाई आग्रह गर्दै आएको छ। फोरमले भने परराष्ट्रसहित स्वास्थ्य र ऊर्जा मन्त्रालयमा दाबी गरिरहेको छ।

सरकारी पक्ष र फोरमबीच मन्त्रालयको विषयमा कुरा नमिलेपछि आइतबार भएको छलफलले अन्तिम रुप लिन नसकेको हो। मन्त्रालय बाँडफाँटलाई अन्तिम रुप दिन सरकार र फोरमबीच आइतबार दुई पटक छलफल भए पनि सहमति जुट्न सकेन।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

बालुवाटारमा बिहान बसेको बैठकमा सामान्य छलफल गरेका दुवै पक्षले प्रतिनिधि र राष्ट्रियसभाका सांसदको सपथ लगत्तै पुनः छलफल गरेका थिए।

अपराह्न सपथ लगत्तै संसद् भवनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादवले करिब एक घन्टा छलफल गरे पनि मन्त्रालयको भागबन्डामा कुरा मिल्न सकेन।

एमालेका नेता सुवास नेम्वाङले वार्ता सकारात्मक देखिएको र सोमबार टुंगोमा पुग्ने दाबी शीर्ष नेताहरुले गरेको बताए।

संविधान संशोधनमा एमाले लचिलो भएपछि सरकारले फोरमलाई समेत सरकारमा सहभागी गराउने कोसिस गरिरहेको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com