फागुन २०, काठमाडौं । बारामा ४ वर्षीया बालिका बलात्कृत भएकी छन् । जितपुर सिमराकी बालिकालाई उनकै हजुरआमाको घर कोठामा कोही नभएको अवस्थामा ३० वर्षीय मुन्ना आलमले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । मुन्ना आलमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
यसैबीच भक्तपुर चाँगुनारायण नगरपालिका–२ स्थित अग्नी ईटाभट्टामा काम गर्ने सल्यान कालिमाटीकी १६ वर्षीया बालिका बलात्कृत भएकी छन् । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ घर भई सोही ईंटाभट्टामा काम गर्ने ४२ वर्षीय लालबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।