चुडामणि शर्मा ४५ लाख धरौटीमा छुटे


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

 

फागुन २०, काठमाडौं ।  आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक अकूत सम्पत्तिको मुद्दा लागेका चुडामणि शर्मा ४५ लाख धरौटीमा छुटेका छन् ।

४ करोड २९ लाखको बिगो दाबी गर्दै अख्तियारले हालेको अकुत सम्पत्तिको मुद्दामा विशेष अदालत, काठमाडौंले ४५ लाख धरौटी मागेको थियो । इन्भेस्टमेन्ट बैंक ग्यारेन्टीमा धरौटी बुझाएर शर्मा छुटेका छन् ।

मुद्दाको पेसी २२ गतेलाई तोकिएको छ ।

४ करोड २९ लाख ५४ हजार १ सय २४ सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै अख्तियारले १५ माघमा शर्माविरुद्ध विशेष अदालतमा हालेको थियो ।

शर्माविरुद्ध कर फछ्र्यौट आयोगले गरेको फैसलाबारे पनि मुद्दा विचाराधीन छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com