प्रतिनिधिसभा सदस्यको सपथ लिनु केहीबेर अघि एमाले नेता भट्टराईले खाए यस्तो कसम


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

सांसद एवम् नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधिसभा सदस्यको सपथ लिनु केहीबेर अघि जनताको अहित हुने कुनै पनि काम नगर्ने कसम खाएका छन् । आज प्रतिनिसभा सदस्यको सपथग्रहणमा जानु अघि आफ्नो ट्वीट अकाउन्टमा स्टाटस् लेख्दै उनले सो कसम खाएका हुन् ।

सपथग्रहण समारोहमा जानुअघि सेतो दौरा–सरवाल, खैरो कोट र कालो टोपीमा सजिएको तस्बिर सार्वजनिक गर्दै सांसद भट्टराईले जिन्दगीभर राष्ट्र र जनताको हितमा लागिरहने कसम खाएका छन् ।

उनले भनेका छन्– ‘प्रतिनिधिसभा सदस्यको सपथग्रहणमा जानुअघि सबैका सामुन्ने म कसम खान्छु– जिन्दगीभर राष्ट्र र जनताको हितमा लागिरहने छु, जानिबुझि राष्ट्र र जनताको अहित हुने कुनै काम गर्ने छैन ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com