डा.केसी पुगे सर्वोच्च, पराजुलीको प्रमाणपत्र उपलब्ध गर्न माग
प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार
फागुन २०, काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्र र अन्य कागजात उपलब्ध माग गर्न डाक्टर केसी फेरि सर्वोच्च अदालत पुगेका छन्।
जिल्ला प्रशाशन कार्यलय काठमाडौँ, तनहुँ र परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले प्रधानन्याधीश पराजुलीको कागजात नदिएकाले डा केसी प्रधान्याधीशको निजी सचिवालयमा निवेदन दर्ता गर्न पुगेका हुन्।
कतैबाट पनि पराजुलीको प्रमाणपत्र दिन नमिल्ने जवाफ आएपछि डा.केसी लिखित जवाफ लिएर अदालत पुगेका हुन।
डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको चारित्रिक प्रमाणपत्र माग्दै राष्ट्रिय सूचना आयोगसँग पनि निवेदन दर्ता गर्ने भएका छन्।
पराजुलीले फागुन २९ सम्ममा पदबाट राजीनामा नदिए अनसन बस्ने भन्दै डा.केसीले अभिव्यक्ति दिइसकेका छन्।