तीन जना मनोनीत राष्ट्रियसभा सदस्यले आज शपथ लिन नपाउने


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

फागुन २०, काठमाडौं,  । राष्ट्रियसभा सदस्य मनोनीत तीन जनाविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ । राष्ट्रिय सभा सदस्यको शपथ आइतबार रहेकाले मनोनीत तीन सदस्यले शपथ लिन नपाउने भएका हुन् ।

न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतको आइतबारको संयुक्त इजलासमा बहस सुरु भएको थियो । तर, निवेदकको तर्फबाट बहस गरेका अधिवक्ता बाबुराम जोशीले दुवै न्यायाधीश कार्की र राउतकाले यो मुद्दा हेर्न नमिल्ने बताएपछि सुनुवाइ स्थगित भएको हो ।

न्यायाधीश राउतले अन्तरिम आदेश दिएको तथा कार्की केपी ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता भएको भन्दै अधिवक्ता जाशीले वर्तमान केपी शर्मा ओली सरकारले गरेको सिफारिसबारे मुद्दा हेर्न नमिल्ने तर्क प्रस्तुत गरे । त्यसपछि रोकिएको बहस न्यायाधीशद्वय कार्की र राउतको आपसी छलफलपछि दुवैले मुद्दा हेर्न नमिल्ने जानकारी गराए ।

पूर्ववर्ती देउवा सरकाको निर्णय बदर गरी ओली सरकारले राष्ट्रियसभा सदस्यमा डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेलको नाम सिफारिस गरेको थियो । लगत्तै राष्ट्रपतिले ओली सरकारले सिफारिस गरेका तीन जनालाई राष्ट्रियसभा सदस्य मनोनित गरेपछि देउवा सरकारले सिफारिस गरेका तीन जना सर्वोच्च गएका थिए ।

त्यसपछि सर्वोच्चले तीन जनाको शपथ रोक्न अन्तरिम आदेश दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com