Follow @khasokhasmag

आज कांग्रेस संसदीय दलको नेता छनोटका लागि उम्मेदवारी दर्ता


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

 

फागुन २०, काठमाडौं । कांग्रेस संसदीय दलको नेता छनोटका लागि भोलि हुन गइरहेको चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षले दाबी गरेपछि कांग्रेसले चुनावमार्फत नेता छान्न लागेको हो ।

संसदीय दल नेता छनोटका लागि गठन गरिएको निर्वाचन समितिका अनुसार संसदीय दलको नेतामा उम्मेदवार बन्न इच्छुकले आइतबार अपराह्न ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।

निर्वाचन सोमबार बिहान १० बजेदेखि १ बजेसम्म हुनेछ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वसम्मतरुपमा संसदीय दलको नेतामा दोहोरिने इच्छा देखाए पनि पौडेल समूहले मानेको छैन । पौडेल समूहले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई अघि सार्ने तयारी गरेकाले देउवा र सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रतिनिधिसभामा कांग्रेसको ६३ सदस्य छन् । यीमध्ये संस्थापन पक्षसँग बहुसंख्यक सदस्य रहेको बताइएको छ ।

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com