विद्यालय जान चार घण्टा हिँडनुपर्ने बाध्यता


प्रकाशित मिति : फाल्गुन १९, २०७४ शनिबार

फागुन १९, रोल्पा । अध्ययनका लागि नजिक विद्यालय नहुँदा रोल्पा नगरपालिका– ९ ह्वामाका विद्यार्थी दैनिक चार घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन् ।

रोल्पा नगरपालिका– ९ ह्वामाको बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विद्यालय आउँदा र घर फर्कंदा दैनिक चार घण्टा पैदलयात्रामै बिताउनु पर्दा उनीहरुले पढाइमा सास्ती व्यहोर्नु परेको छ ।

रोल्पा नगरपालिका– ९ को फाल्जा, गैराखुटी लगायतका गाउँबाट दैनिक चार घण्टा बढी पैदल हिँड्नुपर्ने बाध्यता रहेको विद्यार्थीले गुनासो गरेका छन् । कुवापातल, कर्तम, वेसारवाङ, चोयवाङलगायतका गाउँ पनि विद्यालय भन्दा निकै टाढाको दुरीमापर्ने विद्यार्थीले बताएका छन् ।

लामो पैदलयात्रा हिँडेर माविस्तरको पढाइ पूरा गर्ने वा निमाविस्तरको पढाइ पूरा गरेर पढाइ छोड्ने यी दुई विकल्पमध्ये एक रोज्नुपर्ने बाध्यतामा छन्, यहाँका विद्यार्थी ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुका लागि छिमेकी वडामा रहेका अन्य विद्यालय पनि निकै टाढा रहेका छन् । छिमेकी विद्यालयको रुपमा रहेका धवाङको गापा, मिरुलको टुटु, कुरेलीको खरिबोट, जंकोटको माडीचौर र सदरमुकाम लिवाङमा विद्यालय रहे पनि ती विद्यालय पनि निकै टाढा पर्दछन् ।

घर र विद्यालयको दुरी टाढा हुँदा पढाइमा निकै असर गरेको स्थानीय बाल क्लबका सचिव नवीन विकले दुखेसो पोखे । हिँड्नमै धेरै समय बिताउनुपर्दा ‘अध्ययनका लागि समय पाइदैन अनि कसरी पढाइमा सुधार हुन्छ, विकले प्रश्न गरे ।

गाउँकै विद्यालयमा पढ्न विद्यार्थिलाई सहज होस् भनेर निजी स्रोतमा मावि सञ्चालन गरेको भए पनि भौगोलिक कठिनाइका कारण विद्यार्थी घण्टौं पैदल हिँड्न बाध्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खत्रीले बताए । रासस

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com