बझाङमा माटोको ढिस्कोले पुरिएर २ महिलाको घटना स्थलमै मृत्यु


प्रकाशित मिति : फाल्गुन १९, २०७४ शनिबार

 

फागुन १९, बझाङ । माटोको ढिस्कोले पुरिएर बझाङको खप्तड छान्ना गाँउपालिका वडा नम्बर–३, मा २ जना महिलाको ज्यान गएको छ ।

खप्तडछान्ना गाँउपालिका–३, की ३० वर्षीय रतनादेवी पाध्या र वडा नम्बर–२, पाइलीघर भएकी २८ वर्षीय सरितादेवी जाशी रहेको प्रहरीले जनाएको छ । माटोको ढिस्को झरेर पुर्दा दुवै जनाको घटना स्थलमा नै ज्यान गएको हो ।

ढिस्कोले लागेर दुई जना महिला घाइते भएका छन् । घाइते हुनेमा खप्तड छान्न गाँउपालिका–३, कै सरस्वती पाध्या र किणी पाध्या रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये सरस्वती पाध्याको अवस्था चिन्ताजनक रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

अन्य महिलाहरुलाई भने केही पनि नभएको जनाइएको छ । ढिस्कोमा पुरिएका महिलाहरुको शव निकालिएको स्थानीय उत्तम रोकायाले जानकारी दिए । घाइते महिलालार्इ उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।

मृतक दुवैै जना महिलाका श्रीमान् रोजगारीका लागि भारत गएका छन् । श्रीमान्लाई खबर भैसकेको स्थानीयले जनाएका छन् । मृतक भएकी रतनादेवी पाध्याका पाँच, साढे तीन र दुई वर्षीय छोरी रहेका छन् । माइती घर छान्नाकै नुवाकोट गाउँ आएर माटो कोर्न गएकी रनिगाँउकी सरितादेवी जोशीको साथमा समेत २ वर्षीय छोरी रहेको स्थानीयले बताएका छन् ।

शनिबार बिहान घर पोत्नका लागि ठानाकोटमा रातो माटो लिन गएका उनीहरुको माटोको ढिस्कोले पुरेर ज्यान गएको प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com