ओली र प्रचण्डले आफ्ना सांसदलाई संयुक्त रूपमा प्रशिक्षण दिँदै
प्रकाशित मिति : फाल्गुन १९, २०७४ शनिबार

फागुन १९, काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्ना सांसदहरूलाई संयुक्त रूपमा प्रशिक्षण दिँदै छन्। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ११ बजेदेखि सुरु भएको एमाले(माओवादीका सांसदहरुको संयुक्त प्रशिक्षण बैठक चलिरहेको छ। अहिले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ संसदीय प्रकृयाका नियमहरू सिकाउँदैछन्। दुई अध्यक्षले निर्देशन दिने कार्यक्रम छ।