एउटै ठाउमा एकदर्जन दुर्घटना


प्रकाशित मिति : फाल्गुन १९, २०७४ शनिबार

पोखरा। पोखरा सहरभित्रको व्यस्त सडकमा पर्ने लेखनाथ महानगर– ४ र ५ वडा जोड्ने फिर्के पुल अहिले सबैभन्दा बढी दुर्घटनास्थल बनेको छ । दुवैतिर फराकिलो सडकमा तीव्र गतिमा हुइँकिएका सवारी एक्कासि साँघुरो पुलमा पुग्दा नियन्त्रणबाहिर जादाँ दुर्घटना भएको हो ।

गत पुस १० गते राति साढे ११ बजे फिर्केपुलमा मोटरसाइकल दुर्घटना हुँदा म्याग्दीको मंगला गाउँपालिका–५ का १९ वर्षीय तिलकबहादुर थापाको ज्यान गयो। थापाले चलाएको बा ३९ प ३०१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका थापाको उपचारका क्रममा ज्यान गएको थियो।

फेरी मंगलबार राति साढे १० बजे त्यही फिर्केपुलमा मोटरसाइकल दुर्घटना हुँदा वर्ष २७ का ऋषिकेश पहारीको पनि ज्यान गयो । पहारीले चलाएको ग११ प६१२३ नम्बरको मोटरसाइकल दुर्घटनामा परी चालक पहारीको ज्यान गएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार त्यही दुर्घटनामा परेर मोटरसाइकलको पछाडि बसेका विमल थापा घाइते भए । उनको उपचार भइरहेको छ।

माथिका दुई दुर्घटना एउटै पुल (फिर्के) मा भएका हुन् । प्रहरीका अनुसार पछिल्लो ६ महिनामा त्यही पुलमा करिब एकदर्जन दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर दुईजनाको ज्यान गइसकेको छ । अरू केही घाइते भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला प्रहरी कार्यालय कास्कीका मुद्दा शाखाका सई नरहरि अधिकारीले तीव्र गतिमा हुइँकिएका सवारी अचानक पुलमा आइपुग्दा झुक्किएर दुर्घटनामा पर्ने गरेको बताए ।

जिरोकिलोमिटरदेखि विन्ध्यवासिनीसम्म सडक फराकिलो बनेर पूर्ण रूपमा सञ्चालनमा आएको करिब ६ महिना मात्र भएको छ । करिब तीन किलोमिटर सडक २४ मिटर फराकिलो भएपनि त्यसकै मध्यभागमा ६ मिटर चौडापुल छ । जुन पुल सडक विस्तार हुँदा पनि फैलिन सकेन । नागरिक बाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com