अष्टेलिया पठाइदिने भन्दै ३ करोडभन्दा बढी रकम ठगी गर्ने २ जना पक्राउ


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

फागुन १८, अष्टेलिया पठाइदिने भन्दै ३ करोडभन्दा बढी रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

‘नेपाल जब प्लेसमेन्ट’ नामको कम्पनी नै खोलेर काठमाडौं टोखाका २५ वर्षीय रोशन कार्की र मोरङ बेलबारीकी पूजा प्याकुरेल भुजेलले ७ जनाबाट ३ करोडभन्दा बढी रूपैयाँ ठगी गरेको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए।

टोखामा कार्यालय नै खोलेर अष्ट्रेलिया पठाउने र उता कामको पनि ग्यारेन्टी गरिदिने भन्दै पवन भण्डारी, मिङमार शेर्पा, रवीन्द्र श्रेष्ठ, राजकुमार मगर, सन्दीप गुरुङ, कुमार मगर र ज्ञानकुमार लामाबाट कार्की र प्याकुरेलले ३ करोड भन्दा बढी रकम उठाएका थिए।

प्रवक्ता थापाका अनुसा पक्राउ परेकी पूजाले १८ देखि २२ लाखका दरले रकम असुलेर उनीहरूलाई दिल्लीमा दिपक श्रेष्ठको जिम्मा लगाएकफ थिइन्। श्रेष्ठले उनीहरूलाई महिना दिनसम्म दिल्लीमा राखेका थिए।

काठमाडौंबाट रोशन र पूजाले मान्छे पठाउने र दिल्लीमा श्रेष्ठले यताबाट गएकालाई विभिन्न बहाना बनाएर केही समय भुलाउने र पछि नेपाल फिर्ता पठाउने गरेका थिए।

७ जनाले आफू ठगिएको भन्दै प्रहरीमा उजुरी गरे पनि श्रेष्ठ र प्याकुरेलले अरू धेरैलाई ठगी गरेको हुन सक्ने प्रवक्ता थापाले बताए।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com