सुरक्षा गार्डको सिटी सेन्टरबाट खसेर मृत्यु


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

फागुन १८, काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टर सपिङ मलबाट खसेर एक सुरक्षा गार्डको मृत्यु भएको छ । मलको चौथो तलाबाट खसेर गार्डको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथर फिदिमका २६ वर्षीय रविन भुजेल छन् । भुजेल मलमा सुरक्षागार्डको रुपमा कार्यरत थिए । शुक्रवार बिहानै मलबाट खसेका भुजेलको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी बृत्त कमलपोखरीले जनाएको छ ।

भुजेलका आफन्तले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानविनको माग गरेका छन् । आफन्तले घटनाको छानविन गर्न माग गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com