गोपाल पराजुलीविरुद्ध किन गर्जिए प्रचण्ड ? महाअभियोग लगाउने चेतावनी


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

Shubha Shankar Kandel

भरतपुर १८ फागुन । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डजे प्रधानन्यायधीशको क्रियाकलापप्रति आक्रोश व्यक्त गरेका छन् । विहीबार नवलपरासीमा भएको एक कार्यक्रममा प्रचण्डले न्यायालयमा बेइमानी गर्नेलाई महाअभियोग लगाउने समय ढिला हुन लागेको बताए ।

प्रचण्डले भने -‘न्यायालयमा बेइमानी गर्ने, गरिबलाई न्याय नदिने जाली फटाहाहरुसँग पैसा लिएर उनीहरुको पक्षमा न्याय दिनेहरुलाई महाअभियोग लगाएर ठिक गर्ने समय आयो अब। भ्रष्टाचार गर्ने कर्मचारीतन्त्रलाई जेल हाल्ने बेला आएको छ। त्यसो नगरे विकास सुशासन सम्भव छैन। भ्रष्टहरुलाई तह लगाउन नसके जनताले हामीलाई नै सजाय दिने कुरा हामीलाई थाहा छ।अहिले न्यायालदेखि, कर्मचारीतन्त्र र सुरक्षा सन्यन्त्रमा पनि बेथिती छ भन्ने सुनिन्छ। दुबै पार्टीको नेतृत्वमा तहमा हामीले भ्रष्ट र बेथिति गर्ने कसैलाई नछोडने अठोट गरेका छौं।

प्रचण्डले देशमा पारदर्शिता र सुशासनका लागि बाम सरकार भएको समेत दावी गरे । वाम सरकारका अगाडि देशको विकास, सुशासन र समृद्दिबाहेक अरु कुनै एजेण्डा नभएको बताउँदै प्रचण्डले नेपाल अब विश्वमा नै विकास र सुशासनमा पनि सगरमाथा जस्तो उच्चो बन्ने दावी गरे ।

ओली नेतृत्वको सरकार बनेपछि प्रचण्डले देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउ सबैभन्दा ठूलो र बहुमत प्राप्त पार्टीको अध्यक्षका रुपमा अघियान चलाउने बताउंदै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com