मन्त्री पाउने ‘भाग्यमानी’ महिला


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

–महिला खबर–

काठमाडौं । देशका सातै प्रदेशमा भएका प्रदेश स्तरीय मन्त्रीमण्डलमा महिलाको न्यून उपस्थितिले फेरि पनि दलहरुले महिलाको नेतृत्व स्वीकार गर्न नसकेको कुरालाई प्रमाणित गरेको छ । दलहरुले महिला प्रतिनिधित्वको सवालमा जति धेरै कुरा गरे पनि व्यवहारमा महिला नेतृत्व स्वीकार्न तयार छैनन् भन्ने कुरा प्रदेशका मन्त्रीमण्डलमा महिलाको सहभागिताले प्रष्ट्याएको हो ।

सात मध्ये प्रदेश नम्बर १, ३, ४ र ५ मा एक जना महिलालाई पनि मन्त्री दिइएन । प्रदेश नम्बर २ मा समेत एक जना महिलालाई पनि मन्त्री बनाइएन । प्रदेश २ को आज दोस्रोपटक विस्तारित मन्त्रीमण्डलमा उषा यादवले आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री पद पाएकी छन् ।

प्रदेश नम्बर ६ मा विमला केसीले भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

प्रदेश नम्बर ७ मा भने दुई जना महिला मन्त्री भएका छन् । माया भट्टले पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालय र विनिता चौधरीले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com