नवलपरासी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले न्यायालयमा बेतिथि बढेको भन्दै बेतिथि गर्नेहरुलाई महाअभियोग लगाएर ठीक पार्ने बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्र बर्दघाट नगर कमिटीले बर्दघाटमा गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले यस्तो बताउनु भएको हो । न्यायालय, कर्मचारीतन्त्रमा बेतिथि र भ्रष्टाचार भएको कुरा आईरहेकाले अब त्यस्ता भ्रष्ट र बेतिथि गर्ने कसैलाई पनि आफूहरुले नछाडने समेत उहाले बताउनु भएको छ ।
दुई तिहाईको सरकार बन्न लागेको भन्दै उहाँले गरीबलाई न्याय नदिने र जाली फटाहालाई पैसा लिएर न्याय दिनेहरुलाई महाअभियोग लगाएर ठीक पार्ने समय आएको भन्दै यसको लागि तयार रहन सबैलाई आग्रह समेत गर्नुभयो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।