देश फटाहालाई न्याय दिनेहरुलाई महाअभियोग लगाएर ठीक पार्ने समय आयो : प्रचण्ड


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

नवलपरासी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले न्यायालयमा बेतिथि बढेको भन्दै बेतिथि गर्नेहरुलाई महाअभियोग लगाएर ठीक पार्ने बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्र बर्दघाट नगर कमिटीले बर्दघाटमा गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले यस्तो बताउनु भएको हो । न्यायालय, कर्मचारीतन्त्रमा बेतिथि र भ्रष्टाचार भएको कुरा आईरहेकाले अब त्यस्ता भ्रष्ट र बेतिथि गर्ने कसैलाई पनि आफूहरुले नछाडने समेत उहाले बताउनु भएको छ ।

दुई तिहाईको सरकार बन्न लागेको भन्दै उहाँले गरीबलाई न्याय नदिने र जाली फटाहालाई पैसा लिएर न्याय दिनेहरुलाई महाअभियोग लगाएर ठीक पार्ने समय आएको भन्दै यसको लागि तयार रहन सबैलाई आग्रह समेत गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com