चैतको पहिलो हप्तासम्म नयाँ पार्टी बन्छ : प्रचण्ड


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

फागुन १८, अछाम । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने बताएका छन् । अछाम पुगेका प्रचण्डले फोरम सरकारमा सहभागी हुने सहमति भइसकेको बताए ।

उपेन्द्र यादव नेतृवको पार्टी सरकारमा सहभागी भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढाउन एमाले र माओवादी केन्द्र तयार भइसकेको जानकारी दिए ।

राजनीतिक छलफल र सहमतिका आधारमा संविधान संशोधन गरिने प्रच्रण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले संघीय सरकारको पूर्णता पाएसंगै आफूहरु सुशासन र समृद्धि सहितको विकास निर्माणमा केन्द्रित हुने बताए ।

एमाले र माओवादी केन्द्रबीचको एकता चैत पहिलो साताभित्र हुने भन्दै उनले, छिटो भयो भने  यही महिनाको लाष्ट, अलि ढिलो भयो भने चैतको पहिलो हप्तासम्म नयाँ पार्टी बन्छ’  भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com