पाकिस्तानी प्रधानमन्त्री अव्वासी ओलीलाई बधाई दिन आउने


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

काठमाडौं १८ फागुन । पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासी नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपाल आउने भएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन २१ फागुनमा अब्बासी नेपाल आउन लागेको बताइएको छ ।

कुनै पाकिस्तानी प्रधानमन्त्री नेपाल पाक सम्वन्धका कारणले नेपाल भ्रमण नगरेको झण्डै डेढ दशक भएको छ । ओली प्रधानमन्त्री भएलगत्तै दक्षिण एशियाका भारत बाहेकका अन्य मुलुकले पनि नेपालसंग सम्वन्ध विस्तार गर्न बढी रुचि देखाएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पनामा पेपर्स काण्डमा मुछिएर राजीनामा दिएपछि अब्बासी प्रधानमन्त्री बनेका थिए । सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क सम्मेलनका क्रममा प्रधानमन्त्री सरिफले नेपाल भ्रमण गरेका थिए ।

भारत पाक सम्वन्धका कारणले नै पाकिस्तानको इस्लामाबादमा हुने तय भएको सार्क शिखर सम्मेलन हुन सकेको छैन । अहिले नेपाल सार्कको अध्यक्ष रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com