कर्णाली प्रदेशका सांसदले ऐन नबन्दै बुझे, एक लाख पेश्की


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

 

फागुन १८, सुर्खेत । पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी ऐन बन्न नपाउँदै कर्णाली प्रदेशका सांसदहरुले एक एक लाख रुपैयाँ पेश्की बुझेका छन्। संसद् चलेको एक महिना नपुग्दै सांसदहरू एक एक लाख पेश्की बुझेका हुन्। पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी ऐन पनि बनेको छैन, सांसदहरुले पेश्की भन्दै एक एक लाख रुपैयाँ लिएका छन्। सांसद् सुशील थापाले सचिवालयले बोलाएर पेश्की दिएको बताए। प्रदेश संसद् बैठक अनिश्चितकालसम्मका लागि स्थगन भएको र राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव अघि संसद पनि नखुल्ने भएकाले पनि पेश्की दिइएको संसद सचिवालयका एक कर्मचारीले बताए।

खाता सञ्चालन पनि नभएकाले सबै सांसदहरुलाई पेश्कीस्वरुप एक्एक लाख नगद दिएको हो। पछि सांसद्ले पाउने तलबमा मिलाउने गरी पेश्की दिइएको एक कर्मचारीले बताए। सुर्खेतभन्दा बाहिरका सांसदहरु होटलमा बस्दै आएका कारण र राष्ट्रपत्उिपराष्ट्रपतिको चुनावमा काठमाडौं जानुपर्ने भएकाले पनि अग्रिम पेश्की लिएको सांसद थापाले जानकारी दिए। राजीनामा दिएका भनिएका सांसद चन्द्रबहादुर शाहीले पनि पेश्की बुझेको संसद् सचिवालयले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com