बाख्रा चराउन गएकी बालिका बलात्कृत


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

-महिला खबर –
पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा ८ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बुधबार अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा गाउँपालिकाको वडा नं ५ निचुटनाको पोखरी नजिकैको खेतमा फेला परेकी थिइन् ।

बालिकाको शरीरको विभिन्न स्थानमा घाउ लागेको तथा गोप्य अंगमा समेत गहिरो घाउ भएको छ । बालिकाको आवश्यक प्रमाण संकलन गरी बुधबारराति नै नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा भर्ना गरि शल्यक्रिया गरिएको छ । अस्पतालमा भर्ना भएकी बालिकाको स्वास्थ्यस्थिति गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com