कार्यकक्षमै अनमीलाई दुर्व्यवहार गर्ने दुई किशोर पक्राउ


प्रकाशित मिति : फाल्गुन १७, २०७४ बिहीबार

फागुन १७, हुम्ला– जिल्ला अस्पताल हुम्लामा कार्यरत एक अनमीमाथि कार्यकक्षमै दुव्र्यहार गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन् । बिहीबार दुई बजे सुरेन्द्र लामा र उनका साथीले अस्पतालभित्र पसी ड्युटीमा रहेकी अनमी कमला शाहीमाथि दुव्र्यबहार गरेका थिए । सोही आधारमा उजुरी परेपछि उनीहरु पक्राउ परेका हुन् ।

अनमी शाहीमाथिको दुव्र्यवहार रोक्न खोज्दा अस्पतालका डाक्टर नवीन रोकाया लगायत कर्मचारीमाथि सामूहिक हातपात भएको थियो । अस्पतालमा ढुंगामुढा गर्दा प्रसूति भवन समेत चर्केको बुझिएकोे छ।
आक्रमणपछि अस्पतालका कर्मचारीहरुले सामूहिक रुपमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका हुन् । उजुरीपछि दुई किशोर फक्राउ परेको बताइएको छ ।
उनीहरुलाई विना धरौटी जेल चलान गर्न अस्पतालका कर्मचारीहरुले माग गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com