भ्रष्टचारीलाई एक एक गरेर जेल हालिन्छ : प्रचण्ड


प्रकाशित मिति : फाल्गुन १७, २०७४ बिहीबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचारीलाई एक एक गरेर जेल हाल्ने बताएका छन् ।

बिहीबार नवलपरासीको बर्दघाटमा शहीद परिवार सम्मान कार्यक्रमम उनले राज्यको तलब सुविधा लिएर भ्रष्टाचार गर्नेलाई जेल हाल्ने बेला आएको बताएका हुन् ।

देशमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनमा परिवर्तन आउन अझै बाँकी रहेको भन्दै प्रचण्डले जनताको जीवनमा परिवर्तन ल्याउन देशमा सुशासन कायम गर्नुपर्ने भएकाले सरकारी निकाय, सुरक्षा क्षेत्र र न्यायालयमा रहेको भ्रष्टाचारलाई बामपन्थीको सरकारले अन्त्य गर्ने बताएका हुन् ।उनले भने ‘नोकरीतन्त्रमा, सुरक्षा निकायमा वा अन्य स्थानमा बसेर भष्टाचार गर्नेहरुलाई अब जेल हाल्ने बेला आएको छ ।’

बिहीबार नै पूर्वप्रधानमन्त्री प्रचण्डले रामग्राम नगरपालिका ७ उजैनीमा रहेको रामग्राम स्तुपको अवलोकन गरेका छन् ।

प्रचण्डसँगै प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी सहित स्तुपमा पुगेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com