​मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको मर्मत कार्य सकियो, आजैबाट एउटा युनिट चल्ने


प्रकाशित मिति : फाल्गुन १७, २०७४ बिहीबार

 

फागुन १७, लमजुङ । सत्तरी मेगावाट क्षमताको मध्यमस्र्याङदी जलविद्युत आयोजनाको मर्मत कार्य सकिएको छ । बाँधको देब्रेतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनाको मर्मत गएको शुक्रबार बिहानबाट सुरु गरिएको हो ।

मर्मका लागि एकहप्तादेखि बन्द रहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको एउटा युनिटबाट आजदेखि बिजुली उत्पादन थालिएको छ ।

अघिल्लो बिहीबारदेखि मर्मतको लागि बन्द गरिएका २ वटा युनिटमध्ये एउटाको मर्मत सकिएकाले आजदेखि बिजुली उत्पादन थालिएको मध्य मस्र्याङदी जलविद्युत आयोजनाका प्रमुख पशुपतिराज गौतमले जानकारी दिए । आज सञ्चालन गरिएको युनिटबाट अधिकतम ३५ मेगावाट बिजुली उत्पादन गर्न सकिने पनि उनले जानकारी दिए ।

३५ मेगावाटको अर्को युनिटको पनि धमाधम मर्मत भैरहेको र आउँदो बुधबारसम्म काम सकिने आयोजनाले जनाएको छ । मर्मतको काम जतिसक्दो चाँडो सक्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनास्थलमै पुगेर निर्देशन दिएका थिए ।

मर्मतको क्रममा झण्डै १८ लाख रुपैयाँ बराबरको बालुवा पनि संकलन भएको आयोजनाले जनाएको छ । ७० मेगावाट क्षमताको आयोजना बन्द भए पनि कुलेखानी पहिलो र दोस्रो विद्युतगृह पूर्ण क्षमतामा चलाएर विद्युत प्राधिकरणले लोडसेडिङ हुन दिएको छैन ।

मध्यमस्र्याङदीको एउटा युनिटले बिजुली उत्पादन थालेपछि कुलेखानीको चाप पनि कम भएको छ । कुलेखानी जलायसयमा पोहोर भन्दा ३ दशमलव ८३ मिटर बढी अर्थात १५ सय २१ दशमलब ९५ मिटर पानी रहेको छ । मध्य मस्र्याङदी जलविद्युत् आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा निरन्तर पहिरो खस्न थालेपछि मर्मत थालिएको थियो ।

पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न ‘प्रोटेक्सन वाल’ लगाइएको पनि केन्द्र प्रमुख गौतमले जानकारी दिए । उहाँका अनुसार मर्मत कार्यमा दैनिक चार सय मजदुर खटिएका थिए ।

केन्द्रले मर्मतको काम आज राति ११ बजेसम्ममा सक्ने गरी भार प्रेषण केन्द्र ९एलडिसी०बाट सट डाउन पाएको हो । मर्मतको क्रममा ‘इन्टेक’को मुख बाट संकलित बालुवा बिक्रीबाट मात्रै झण्डै १८ लाख आम्दानी हुने आयोजनाले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com