राष्ट्रपति निर्वाचन कार्यालय, संसद भवनमै राखियो


प्रकाशित मिति : फाल्गुन १७, २०७४ बिहीबार

फागुन १७, काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । राष्ट्रपति निर्वाचनका फागुन २९ गते हुँदैछ ।

नयाँ संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिको निर्वाचन सम्पन्न गराउन निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचन अधिकृतको कार्यालयले आगामी २१ गते सोमबारबाट सुरु हुने गरी निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

तालिका अनुसार २१ गते मतदाता नामावली प्रकाशन, २३ गते उम्मेदवार मनोनयन र २९ गते राष्ट्रपति निर्वाचनको मतदान हुनेछ ।

निर्वाचन आयोगको गत फागुन १५ गते बसेको बैठकले पाटन उच्च अदालतका न्यायाधीश श्रेष्ठलाई राष्ट्रपति निर्वाचन अधिकृतमा नियुक्त गरेको थियो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com