भारतमा दुई लाख नेपाली महिला यौन शोषणको सिकार


प्रकाशित मिति : फाल्गुन १७, २०७४ बिहीबार

दुई लाख नेपाली महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार भइरहेका माइती नेपालले जनाएको छ । बुधबार हेटौँडामा आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै माइती नेपालले दुई लाख महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार बनेका जनाएको हो । माइती नेपालका अनुसार बेचिएकामध्ये महिला ७० प्रतिशत र बालबालिका ५० प्रतिशत पीडित छन् ।

प्रत्येक दिन असुरक्षित रूपमा भारत जाँदै गरेको अवस्थामा माइती नेपालले पाँचदेखि सातजनाको उद्धार गर्दै आएको छ । २५औँ वार्षिक उत्सवका अवसरमा सञ्चालन गरिएको मेची–महाकाली जनचेतनामूलक अभियानको माइती नेपालले बुधबार हेटौँडामा समापन गरेको छ । त्यसक्रममा आयोजित कार्यक्रममा माइती नेपालले विश्वमा हाल २५ लाखभन्दा बढी मानिस बाध्यात्मक वेश्यावृत्तिजन्य यौन शोषणको सिकार भइरहेको जनाएको छ ।

कार्यक्रममा प्रदेश ३ का सांसद सानुकुमार श्रेष्ठले प्रदेश ३ लाई महिला हत्या हिंसामुतm क्षेत्रका रूपमा विकास गर्न सबै लाग्नुपर्ने बताए । महिला तथा बालबालिका बेचबिखनविरुद्ध सक्रिय माइती नेपालले फागुन १० गतेदेखि मेची–महाकाली जनचेतनामूलक अभियान सुरु गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com