पोखरा विश्वविद्यालयमा तोडफोड
प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार
फागुन १६, लेखनाथ । पोखरा विश्वविद्यालयमा तोडफोड भएक छ। निर्धारित समयमा स्ववियु चुनावको माग गर्दै र विश्वविद्यालय पदाधिकारीले मागको सुनुवाई नगरेको भन्दै अनेरास्ववियुका कार्यार्कर्ताले केन्द्रीय कार्यालय भवनको सिसा र गमला फुटाएका छन्।
स्ववियु चुनावको मिति तोक्न आनाकानी गरेको र आफूहरुलाई वेवास्ता समेत गरेको भन्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी ३ वटै विद्यार्थी संगठनले कर्मचारीलाई कार्यलय भित्र नै थुनेका छन्।
चुनावको मिति नतोकी वार्ताबाट समाधान नखोजी पदाधीकारी भागेको भन्दै ३ वटै विद्यार्थी संगठनले केन्द्रीय कार्यलयको गेट वन्द गरी कर्मचारीलाई भित्र नै थुनेका छन्।
इलाका प्रहरी कार्यलय हंसपुरका डिएसपी गोविन्द पुरीले वार्ता वाट समस्याको समाधान गर्न विद्यार्थीलाई आग्रह गर्दै कर्मचारीलाई निकाल्न आग्रह गरेका छन्।