फागुन २२ देखि एयर एसियाले नेपालमा उडान भर्न नपाउने


प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार

नेपाल नागरिक उड्डयन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मार्च ६ अर्थात् फागुन २२ गतेदेखि मलेसियन निजी एयरलाइन्स एयर एसियाको उडान बन्द गराउने भएको छ। मलेसियाको निजी विमान कम्पनी एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बाँकी बक्यौता दाखिल नगरेपछि उडान बन्द गर्न लागिएको विमास्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरको भनाइ छ। एयर एसियाले पुस २४ गते गरेको फेब्रुअरी २८ भित्रमा बाँकी रहेको सबै बक्यौता रकम चुक्ता गर्ने लिखित प्रतिबद्धता गरेको थियो।

प्रतिबद्धता अनुसार बाँकी बक्यौता दाखिला नगरेपछि उडान बन्द गर्न लागिएको ठाकुरले जानकारी दिए। प्राधिकरणले कार्यालयलाई तीन मार्चदेखि उडान बन्द गराउन सहमति दिएको थियो। तर, विमानस्थल कार्यालयले एयर एसियालाई थप तीन दिनको समय थप्दै मार्च ६ बाट उडान बन्द गराउन लागेको प्राधिकरणका महानिर्देशक सन्जिव गौतमले बताए।

कार्यालयले होली तथा शनिबार लगातार परेको कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयल र प्राधिकरणलाई सूचना गराउँदै उडान बन्द गरिने ठाकुरले अन्नपूर्णलाई बताए। एयर एसियाले विमानस्थल सेवा शुल्क वापतको झन्डै २० करोड रुपैयाँ विमानस्थल कार्यालयलाई बुझाउनु पर्नेछ। एयर एसियाले गत पुस २४ गते फेब्रुअरी २८ तारिक भित्र वक्यौता चुक्ता गर्ने प्रतिवद्धता गरेको छ।

लिखित प्रतिवद्धता अनुसार एयरलाइन्सले वक्यौता रकम नतिरेपछि विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० अनुसार उडान बन्द गराउँदै वक्यौता दाखिल गर्न लागेको ठाकुरले जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com