अवैध रुपमा बच्चा जन्माइ फाल्ने महिलालाई पक्राउ गरी मुद्दा


प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार

फागुन १६, भोजपुर । भोजपुरमा श्रीमान् वैदेशिक रोजगारी रहेका बेला  गत फागुन ४ गते सालनालसहितको शिशु फाल्ने महिलालाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ ।

भोजपुरको उत्तरी षडानन्द नगरपालिका–६ केउरेनी पानीमा बेवारिसे अवस्थामा फ्यालिएकोे शिशु गीता मग्रातीले जन्माएर फालेको खुलेपछि मग्रातीलाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

बत्तीस वर्षीय मग्रातीले अनुसन्धानमा आफूले जन्माएर फ्याँकेको स्वीकार गरेपछि प्रहरीले मुद्दा चलाएको प्रहरी निरीक्षक ख्याम नेपालले जानकारी दिए। फ्यालिएको शिशु भने उनका आफन्तले पालनपोषण गरिरहेका छन् । उनको थप अनुसन्धान भइरहेको छ । उनका अनुसार मग्रातीका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com