स्थानीय तहको बजेट : सडक निर्माणमै ५० करोड


प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार

 

 

फागुन १६, पाल्पा । पाल्पाका आठओटा स्थानीय निकायले विकासको सडकलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरेका छन् । पहाडी क्षेत्र र भौगोलिक विकटता रहेका ग्रामीण बस्तीमा यातायातको सहज पहुँच पुर्‍याउन स्थानीय सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका हुन् । जिल्लाका स्थानीय निकायमा जनप्रतिनिधि निर्वाचित भएपछि सडक स्तरोन्नतिमा नयाँ ट्र्याक खोल्न धेरै बजेट विनियोजन गरिएको सम्बन्धित गाउँपालिकाका अध्यक्षहरूले बताएका छन् ।

गाउँमा उत्पादित कृषिउपज बजारसम्म पुर्‍याउन र सहज आवतजावतका लागि पनि सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए । सडकको ट्र्याक खोलेर स्तरोन्नति गर्न गाउँपालिकाले मात्र नभई वडा कार्यालयले समेत अग्रसरता लिएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीको भनाइ छ । सडकका लागि वडाको बजेटले मात्र नभ्याउने भएकोले गाउँपालिकाले ३ करोड ६ लाख ३५ हजार विनियोजन गरेको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगतमा कम बजेटले सडक बनाउँदा रकम अपुग भएकोले यसपटक सबैले सडकमा बढी बजेटको व्यवस्था गर्न माग गरेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसीले बताए । उनका अनुसार गाउँपालिकाले सडकका लागि २ करोड रुपैयाँभन्दा बढी रकम छुट्ट्याएको छ ।

जिल्लाका ग्रामीण क्षेत्रमा पुराना र अधुरा सडक छन् । त्यसैमाथि नयाँ योजना धेरै छन् । त्यसैगरी नयाँ नियमअनुसार बनेको मापदण्डअनुसार सडकको स्तरोन्नति गर्नुपर्छ । धेरै योजना थोरै प्राविधिक अभावको कारण समयमै सम्पन्न गर्न कठिन हुने गरेको छ ।

जिल्ला विकास समितिले तीनओटा मुख्य सडक बनाएर स्तरोन्नतिसमेत गरिसकेको छ । यिनै सडकलाई गाउँबस्तीसम्म जोड्न स्थानीय तहले यस वर्ष ५० करोड रुपैयाँभन्दा बढी रकम खर्चिएका छन् ।

पछिल्लो समयमा ट्र्याक खोलिएका सडकमा वर्षायाम शुरू हुनासाथ सवारीसाधन ठप्प हुने गर्छन् । तिनै सडकमा बाह्रै महीना सवारी सञ्चालन गर्न सकिनेगरी स्तरोन्नति भएको नैनादेवी गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए ।

नापजाँच नभएको सडकमा बजेट विनियोजन
पूर्वाधार निर्माणका क्रममा प्राविधिकले नापजाँच गरेर त्यसैको आधारमा रकम विनियोजन गर्नुपर्ने हो । तर, प्राविधिकको नापजाँचविनै सडक निर्माणका लागि धेरै बजेट विनियोजन भएका छन् । यसले कार्यान्वयनमा समस्या परेको प्राविधिकको भनाइ छ । केही गाउँपालिकाका अध्यक्षले सडक निर्माणका योजनामध्ये ठूला योजना आफूखुशी सञ्चालन गरेका छन् ।

एक्स्याभेटरको मात्र प्रयोग
सडक निर्माणको क्रममा मानवीय श्रमको विकल्पमा एक्स्याभेटरको मात्र प्रयोग भएको छ । गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षहरू नै हेभी इक्वीपमेण्टको व्यवसायमा संलग्न छन् । उनीहरूले आफूअनुकूलको उपभोक्ता समिति निर्माण गरेर आफ्नै साधन प्रयोग गरिरहेका छन् । आफ्ना गाउँपालिकामा सूचीकृत नभएका हेभी इक्वीपमेण्ट सञ्चालनमा रोक लगाएर ‘सिण्डिकेट’समेत कायम गरेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com