३६अौँ मगर दिवस काठमाडौंको टुँडिखेलमा (फोटो फिचर)


प्रकाशित मिति : फाल्गुन १५, २०७४ मंगलबार

दिपेन्द्र ढुंगाना काठमाडौँ, मगर समुदायले मंगलबार ३६अौँ मगर दिवस देशभर मनाएका छन्। नेपाल मगर संघ केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा मगर दिवस मनाएको छ। समानता, सामाजिक न्याय, अस्तित्व र अधिकार सम्पन्न समृद्ध समाजसहितको देश निर्माण अभियानमा टेवा पुर्‍याउने उद्देश्यले २०३९ फागुन १५ गते नेपाल मगर संघ स्थापना भएको हो।
सम्मेलनका लागि ‘पहिचानसहितको संघीयता र मगरात स्वायत्त प्रदेश स्थापनाका लागि संविधान संशोधन : सामाजिक न्याय तथा पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा ३६औँ राष्ट्रिय सम्मेलन’ नारा तय गरिएको छ।
कार्यक्रममा मगर समुदायको वेशभूषा, र्‍याली तथा झाँकी प्रदर्शन गरिएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com