राष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिए


प्रकाशित मिति : फाल्गुन १५, २०७४ मंगलबार

फागुन १५, काठमाडौं । सरकार परिवर्तन भएसँगै राष्ट्रिय योजना आयोगका चार जना सदस्यले राजीनामा दिएका छन् ।

आयोगका प्रवक्ता तुलसीप्रसाद गौतमका अनुसार आयोगका सदस्यहरू डा। प्रभु बुढाथोकी, अरविन्द मिश्र, कृपासिन्धु प्रसाद र गोविन्द भट्टले राजीनामा बुझाएका हुन् ।

अघिल्लो मन्त्रिपरिषद्ले राजीनामा स्वीकृत गरेपछि त्यसको पत्र सोमबार आयोगमा प्राप्त भइसकेको प्रवक्ता गौतमले बताए ।

आयोगका उपाध्यक्ष डा. स्वणिर्म वाग्लेले गत ६ फागुनमै राजीनामा दिइसकेका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com