मानव अधिकार तथा शान्ति समाजले सिरियामा भइरहेको नरसंहारको अन्त्य गर्न माग गर्दै नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि धर्ना तथा विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सिरिया भइरहेको बमबारी र नरसंहार अविलम्ब रोक्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्द्वारा पारित युद्वविरामको प्रस्तावलाई तत्काल लागू गरी त्यहाँको जनताको जीवनरक्षाका लागि स्थायी शान्ति कायम गर्न सिरियाली सरकार र विद्रोहीलाई दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको छ ।
सोही क्रममा राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेशलाई सम्बोधन गरिएको ज्ञापन पत्र नेपालस्थित कार्यालयमा हस्तान्तरण गरिएको थियो ।
शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले सिरियालगायत एशिया र अफ्रिकाका आधा दर्जन देशमा मानवताविरुद्धको अपराध बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले राष्ट्र संघको प्रभावहीनताका कारण सिरियाको निर्दोष नागरिक मारिएको बताउँदै उक्त घटनाले मानवता छियाछिया भएकामा दुःख व्यक्त गर्नुभयो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
प्रदर्शनमा राष्ट्रसंघीय युद्धविराम प्रस्ताव लागू गर, बमबारी र नरसंहार बन्द गर, महिला, बालबालिकामाथिको अत्याचार बन्द गर, निर्दोष नागरिकको हत्या बन्द गरलगायतका सन्देश प्रवाह गरिएको थियो । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।