रेशम चौधरी : कैदी नम्बर ४, रेशम र लक्ष्मण संगै जेलमा


प्रकाशित मिति : फाल्गुन १५, २०७४ मंगलबार

टीकापुर घटनामा कर्तव्य ज्यान मुद्धामा जेल चलान गरिएका थारु नेता रेशम चौधरी र लक्ष्मण थारुबीच मंगलवार बिहान कारागारमा एक घण्टा वार्तालाप भएको छ।

थरुहट आन्दोलनका चर्चित नेता रेशम र लक्ष्मणबीच टिकापुर घटनापछि पहिलो पटक कारागारमा भेट भएको हो। सोमबार जिल्ला अदालतमा आत्मसर्मपण गरेका रेशमलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्‍ने आदेश दिएपछि उनी कारागार चलान भएका थिए।

कैदी नम्बर ४ रेशम चौधरी

कैलाली जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलाई कारागारको कैदी नम्बर ४ कोठामा राखिएको छ। उनलाई कारागारमा रहेका अन्य कैदी सरह नै राखिएको कारागार प्रसासनले जनाएको छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचीत भएका चौधरीलाई उनकै आग्रहमा कारागारमा छुट्टै व्यवस्थापन केहि नगरेको निमित्त जेलर भक्त बहादुर बिष्टले बताए।

‘रेशम चौधरी जि ले नै मलाई अन्य कैदी सरह नै राख्नुहोला भनेकोले छुट्टै व्यवस्थापन केहि गरिएको छैन, तर केहि खुकुलो र फराकिलो कोठामा भने राखेका छौ।’ बिष्टले भने।

रेशमको बयान सुरु, घटनाका अझै ३२ जना फरार

लक्ष्मण थारुलाई भने टीकापुर घटना घटेको केही दिनपछि भैरहवाबाट प्रहरीले पक्राउ गरी कारागार बुझाएको थियो। टीकापुर घटनाको आरोपमा लक्ष्मण थारु सहित २५ जना थुनामा रहेपनि अन्यलाई भने सोमवार मात्रै कारागार चलान भएका रेशमसंग भेट गर्न दिईएको छैन्।

कारागार प्रसासनको अनुमतीमा लक्ष्मण थारु र रेशम चौधरीले भने भेट गरेका हुन्।उनीहरु बिच एक घण्टा लामो कुराकानी भएको बताईएको छ। भेटमा थरुहट आन्दोलन, टिकापुर घटना र अहिले चलिरहेको मुद्दाका बिषयमा कुराकानी भएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com