खाँदबारी नगरपालिका ३ का वडाध्यक्षको हृदयाघातका कारण निधन


प्रकाशित मिति : फाल्गुन १५, २०७४ मंगलबार

फागुन, १५ संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका– ३ का वडाध्यक्ष तोयानाथ ढुङ्गानाको हृदयाघातका कारण निधन भएको छ ।

ढुंगानाको गत आइतबार ६५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

फागुन १३ गते बिहान ढुंगाना एक्कासि ढलेपछि उनलाई जिल्ला अस्पात खाँदबारी ल्याइएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन् । अस्पताल पुर्याएलगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

ढुंगाना केही समयदेखि मुटु र रक्तचापका बिरामी थिए । ढुंगानाको मृत्युसँगै खाँदबारी नगरपालिकाको ३ नं। वडा शोकमा डुबेको छ ।

शिक्षण पेशाबाट सेवानिवृत्त ढुङ्गाना ०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट खाँदबारी नगरपालिका–३ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com