बहुसंख्यक जनताको हितमा काम गर्नुपर्ने : मन्त्री, थममाया थापा


प्रकाशित मिति : फाल्गुन १५, २०७४ मंगलबार

फागुन १५, काठमाडौ । परिवर्तित समयअनुसार बहुसंख्यक जनताको हितमा काम गर्नुपर्ने महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले बताएकी छन्।
लैनचौरस्थित समाजकल्याण परिषद्ले आयोजना गरेको नवनियुक्त मन्त्री तथा अध्यक्षको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले पञ्चायतकालदेखि गणतन्त्रसम्म परिषद्ले गरेको कामको समीक्षा गर्दै संविधानको मर्मअनुरूप काम गर्नु पर्ने बताइन।
मन्त्री थापाले नेपालमा गणतन्त्र स्थापना भए पनि समाजकल्याण परिषद लक्षित वर्गसम्म पुग्न नसकेको जिकिर गरिन । जनताले आफ्नो रगत पसिना बगाएर संविधानसभाबाट संविधान जारी भएको उल्लेख गर्दै मन्त्री थापाले भनिन्, ‘संविधानमा श्रमजीवी जनताको अधिकार प्रत्याभूतिका लागि संविधानले समाजवाद उन्मुख समाजको परिकल्पना गरेको छ। यसकारण पनि संविधानले निर्देशन गरेबमोजिम हाम्रा नीति, कार्यक्रम र व्यवहारहरू हुन आवश्यक छ।’
कम्तीमा पनि पाँच वर्षसम्म स्थिर सरकार चल्ने र उक्त अवधिमा समाजकल्याण परिषद्ले लक्षित वर्गका लागि मात्र काम गर्ने गरी कार्यक्रम बनाएर जानुपर्ने उनले बताइन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com